Posts

Posts

शासनको परिचय

 शासनको परिचय शासन भनेको राज्य सञ्चालनमा आवद्ध बिधि, पद्धति, संस्था र संयन्त्रबीचको अन्तरसम्बन्धात्मक प्रणाली हो । पहिले सरकारको समानार्थी अर्थमा बुझ्ने गरिएको शासनलाई अहिले स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सबै तहहरुमा सार्वजनिक तथा निजी क्षेत्रको व्यवस्थित प्रबन्धका लागि प्रयोग गरिने संरचना र प्रक्रियाहरुको एक जटिलतम संयन्त्रका रुपमा लिने गरिन्छ । राज्य प्रणालीमा नियमन, व्यवस्थापन, जनताको परिचालन र सेवा प्रवाहमा आवद्ध बिधि, पद्धति, संस्था र संयन्त्रबीच अन्तरसम्बन्धको समष्टि नै शासन हो । मुलुकको आर्थिक-सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह, नागरिक अधिकारको रक्षा र सामाजिक शान्ति सुव्यवस्था कायम गर्नका लागि स्थानीय, राष्ट्रिय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरमा सरकार, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्यमा गरिने सबै क्रियाकलापहरु र तिनका लागि प्रयोग गरिने संरचना र संयन्त्रहरु नै समग्रमा शासन हो । समग्रमा शासन भनेको: * राज्य सञ्चालन/व्यवस्थापनको समग्र विधि, प्रक्रिया र संरचना, * नागरिकहरुका इच्छाहरु अभिव्यक्त गर्ने अधिकारहरुको अभ्यास गर्ने र कर्तव्य तथा दायित्वहरु निर्वाह ग...

बजेट प्रणालीको परिचय र नेपालमा बजेट सम्बन्धी प्रावधान

बजेट (Budget) शब्द French Word Bougett बाट आएको हो जसको अर्थ हुन्छ :  a pouch अथवा  a wallet । ‘No Taxation Without representation’ अवधारणा नै बजेटको जननी अवधारणा हो । सन् १७३३ मा बेलायतबाट बजेटको शुरुवात भएको हो । बेलायतका तत्कालीन वित्त मन्त्री walpol  ले सर्वप्रथम बजेट प्रस्तुत गरेका थिए । तर नेपालमा भने वि.सं. २००८ सालदेखि बजेट प्रणालीको शुरुवात भएको हो । नेपालमा वि.संं. २००८ साल माघ २१ गते तत्कालीन प्र.म. मातृकाप्रसाद कोइरालाको पालामा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरबाट सर्वप्रथम बजेट प्रस्तुत गरिएको थियो । सामान्यतया बजेट भनेको कुनै खास आर्थिक वर्षको लागि सरकारको आम्दानी र खर्चको विवरण सहित घोषणा गरिने कार्यक्रमको संगालो हो । तर बजेटको परिचयलाई यतिमै सीमित गर्न सकिदैन । बजेट त सरकारको राजनीतिक, आर्थिक, सामाजिक घोषणापत्र हो । बजेट व्यवस्थापन (Management), सामजिक आर्थिक परिवर्तन (Socio-Evonomic change) तथा व्यवस्थापकीय नियन्त्रण (Legilative control) को साधन (Tool) हो । वास्तवमा बजेट विगतको आर्थिक अवस्थाको अभिलेखन, चालु आर्थिक वर्षको आर्थिक स्थितिको चित्रण र आगामी आर्...

कर्मचारीतन्त्रको आधुनिकीकरण

  कर्मचारीतन्त्रको आधुनिकीकरण v परम्परागत रुपमा ब्यक्तिको तजविजी अधिकार र निर्णय केन्द्रित प्रशासनमा फ्रेडरिक ट्रेलरको वैज्ञानिक ब्यवस्थापनको सिध्दान्तले उत्पादकत्व बढाउन कार्यसम्पादनका लागि वैज्ञानिक विधि , प्रतिस्प्रर्धात्मक पद्धतिबाट कर्मचारी छनोट¸ काम गर्ने वातावरण¸ प्रोत्साहनको व्यवस्था¸ म्यानेजर र कामदारबीच जिम्मेवारीको बाँडफाँड गर्नुपर्ने सिद्धान्त प्रतिपादन गरे । जसले प्रशासनमा आधुनिकीकरण भित्र्यायो । v कार्यतालिका अनुरुप संगठनको कार्यसम्पादन हुनुपर्ने हेनरी ग्रान्टको सिद्धान्त र हेनरी फोयलको संगठनात्मक सक्षमताका लागि संगठनमा नेतृत्वको सिद्धान्तले प्रशासन प्रणालीलाई आधुनिकीकरणको मार्गमा डोर्‍याउँदै लग्यो। v म्याक्स वेवरले कर्मचारीतन्त्रमा विधिसम्मत कार्यसम्पादन गर्ने¸ पदसोपान पद्धतिमा रहने¸ मेरिट (गुण) को आधारमा कर्मचारी छनोट गर्ने¸ कर्मचारीमा कार्यसम्पादन सक्षमता उच्च हुने¸ श्रम विभाजनको सिद्धान्त अनुरुप संगठनमा जिम्मेवारी तोकिने¸ कार्यसम्पादनमा विशिष्टीकरण हुने र संगठनको सम्पूर्ण क्रियाकलापको अभिलेख रहने जस्ता विशेषताले कर्मचारीतन्त्रलाई प्रोफेसनल प्रश...

जलवायु परिवर्तन र नेपाल

    जलवायु परिवर्तन र नेपाल v   विश्वब्यापी तापमान वृध्दिका कारणबाट विश्वमा जलवायुमा परिवर्तन हुँदै गएर पृथ्वीको वातावरणीय सन्तुलन गुम्न गइ जैविक प्रणालीको अस्थित्वमाथि नै खतरा उत्पन्न हुने अवस्था विश्वको २१ औ शताब्दीको प्रमुख चूनौति हो । v   यसका लागि दुइवटा रणनीतिहरु एकैशाथ अगाडि बढाउनुपर्ने हुन्छ । पहिलो ग्रीनहाउस ग्यासहरु अर्थात कार्वन फुटप्रिन्टको कम उत्सर्जन गर्ने र तापमानलाइ थप वृध्दि हुन नदिने¸ दोस्रो तापक्रम वृध्दि भइसकेकोले यसबाट सिर्जना हुँदै गएको जलवायु परिवर्तनलाइ अनुकूलन गर्ने नीति कार्यक्रम र ब्यवाहरहरुको अवलम्बन गर्नु । जलवायु परिवर्तन र पेरिस संझौता v   सन् २०१५ को नोभेम्बर ३० देखि ११ डिसेम्बर सम्म विश्वका १९५ देशका राष्ट्रप्रमुखहरु पेरिसमा भेला भइ विश्वको ग्रीनहाउस ग्याँस उत्सर्जनलाइ कम गरी विश्वब्यापी तापमानलाइ घटाइ जलवायु परिवर्तनको खतराबाट पृथ्वीको जैविक प्रणालीमाथिको खतरा कम गर्नका लागि गरिएको संझौता हो । v   यो संझौताअनुसार विश्वको तापमान यस शताब्दीको अन्त्यसम्ममा औध्योगिक क्रान्तिपूर्वको विश्वको तापक्रमबाट सकेसम्म १ . ५ ब...