कर्मचारीतन्त्रको आधुनिकीकरण
कर्मचारीतन्त्रको आधुनिकीकरण
v परम्परागत रुपमा ब्यक्तिको तजविजी
अधिकार र निर्णय केन्द्रित प्रशासनमा फ्रेडरिक ट्रेलरको वैज्ञानिक ब्यवस्थापनको
सिध्दान्तले उत्पादकत्व बढाउन कार्यसम्पादनका लागि वैज्ञानिक विधि, प्रतिस्प्रर्धात्मक
पद्धतिबाट कर्मचारी छनोट¸ काम गर्ने वातावरण¸ प्रोत्साहनको
व्यवस्था¸ म्यानेजर र कामदारबीच जिम्मेवारीको बाँडफाँड गर्नुपर्ने सिद्धान्त
प्रतिपादन गरे । जसले प्रशासनमा आधुनिकीकरण भित्र्यायो ।
v कार्यतालिका अनुरुप संगठनको
कार्यसम्पादन हुनुपर्ने हेनरी ग्रान्टको सिद्धान्त र हेनरी फोयलको संगठनात्मक
सक्षमताका लागि संगठनमा नेतृत्वको सिद्धान्तले प्रशासन प्रणालीलाई आधुनिकीकरणको
मार्गमा डोर्याउँदै लग्यो।
v म्याक्स वेवरले कर्मचारीतन्त्रमा विधिसम्मत
कार्यसम्पादन गर्ने¸ पदसोपान पद्धतिमा रहने¸ मेरिट (गुण) को
आधारमा कर्मचारी छनोट गर्ने¸ कर्मचारीमा कार्यसम्पादन सक्षमता
उच्च हुने¸ श्रम विभाजनको सिद्धान्त अनुरुप
संगठनमा जिम्मेवारी तोकिने¸ कार्यसम्पादनमा विशिष्टीकरण हुने र
संगठनको सम्पूर्ण क्रियाकलापको अभिलेख रहने जस्ता विशेषताले कर्मचारीतन्त्रलाई
प्रोफेसनल प्रशासनको रुपमा चिनायो ।
v हरवर्ट सिमोनको व्यवहारवादी सिद्धान्तले
कर्मचारीतन्त्रमा हुने निर्णयलाई थप वैज्ञानिक र तार्किक बनायो । इल्टन मायो र
रेन्सिस लिंकर्ट जस्ता विद्वानहरुले कर्मचारीतन्त्रको मेरुदण्ड कर्मचारीहरु मेसिन
होइनन्¸ मानव हुन् भन्ने तथ्यलाई हार्थन
प्रभावको अध्ययनबाट पुष्टि गरे ।
v अब्राहम मास्लो र डगलस म्याक
ग्रेगरले कर्मचारीको उत्प्रेरणा केन्दि्रत सिद्धान्तको प्रतिपादन गरे ।
कर्मचारीतन्त्रमा कर्मचारीलाई मानवोचित व्यवहार गर्नुपर्ने आवश्यकता औंल्याए ।
v आजको गतिशील र जेलिएको समाजका
अन्तरसम्बन्धित क्रियाकलापहरुको व्यवस्थापनबाट कर्मचारीतन्त्रको लक्ष्य प्राप्त
गर्नुपर्ने हुन्छ ।
Comments