शासनको परिचय
शासनको परिचय
शासन भनेको राज्य सञ्चालनमा आवद्ध बिधि, पद्धति, संस्था र संयन्त्रबीचको अन्तरसम्बन्धात्मक प्रणाली हो । पहिले सरकारको समानार्थी अर्थमा बुझ्ने गरिएको शासनलाई अहिले स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सबै तहहरुमा सार्वजनिक तथा निजी क्षेत्रको व्यवस्थित प्रबन्धका लागि प्रयोग गरिने संरचना र प्रक्रियाहरुको एक जटिलतम संयन्त्रका रुपमा लिने गरिन्छ ।
राज्य प्रणालीमा नियमन, व्यवस्थापन, जनताको परिचालन र सेवा प्रवाहमा आवद्ध बिधि, पद्धति, संस्था र संयन्त्रबीच अन्तरसम्बन्धको समष्टि नै शासन हो । मुलुकको आर्थिक-सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह, नागरिक अधिकारको रक्षा र सामाजिक शान्ति सुव्यवस्था कायम गर्नका लागि स्थानीय, राष्ट्रिय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरमा सरकार, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्यमा गरिने सबै क्रियाकलापहरु र तिनका लागि प्रयोग गरिने संरचना र संयन्त्रहरु नै समग्रमा शासन हो ।
समग्रमा शासन भनेको:
* राज्य सञ्चालन/व्यवस्थापनको समग्र विधि, प्रक्रिया र संरचना,
* नागरिकहरुका इच्छाहरु अभिव्यक्त गर्ने अधिकारहरुको अभ्यास गर्ने र कर्तव्य तथा दायित्वहरु निर्वाह गराउने माध्यम वा संयन्त्र,
* सार्वजनिक मामलाहरुको व्यवस्थापनमा संलग्न सबै संरचना, पात्र र कार्यहरुको समष्टि,
* राज्य प्रमुख पात्रका रुपमा रही निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य र साझेदारीमा कार्य गर्ने पद्धति,
Comments